ad ad

समाज


पोखरामा ६८ यात्रु बोकेको यति एयरको जहाज दुर्घटना

पोखरामा ६८ यात्रु बोकेको यति एयरको जहाज दुर्घटना

नेपालखबर
माघ १, २०७९ आइतबार ११:२३, काठमाडौँ

पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ। 

काठमाडौंबाट पोखराका लागि गएको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो।

उक्त जहाजमा चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ।

विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण आइनसकेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .