यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेल र पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेल र श्रेष्ठ विरुद्ध शुक्रबार भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको हो।
यातायात कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक श्रेष्ठले मिलेमतोमा ट्रायल फेल भएका व्यक्तिबाट रकम लिई सवारी चालक अनुमतिपत्र वितरण गरेको आयोगको दाबी छ।
उजुरीका आधारमा आयोगले गरेको अनुसन्धानका क्रममा आरोपीद्वयले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा अनुतिर्ण भएका ७१ जनाबाट रकम लिई रिजल्टमा पास देखाएर सवारी चालक अनुमतिपत्र जारी गरेका थिए।
उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले निजहरुलाई सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया