ad ad

समाज


उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : सडक अलपत्र पार्ने घरबेटीहरुका दिन अब सकिए

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : सडक अलपत्र पार्ने घरबेटीहरुका दिन अब सकिए

सडक अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार ११:१०, काठमाडौँ

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माण अलपत्र पार्ने ठेकेदारहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्। 

भत्किएको र खाल्डो परेको सडक छाडेर जनतालाई समस्या पार्नेहरुलाई सरकारले अब छुट नदिने भन्दै उनले घरबेटी वा दाजुभाइ नाता पर्दैमा जे पनि गर्नेका दिन सकिएको बताए।

काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रमा सडक अनुगमन गर्दै उनले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। 

त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले सडक अलपत्र पारेकोबारेमा पत्रकारहरुले उनलाई प्रश्न गरेका थिए। 

प्रधानमन्त्रीकै घरबेटीले धेरै सडक अलपत्र बनाएका छन्, कारबाही गर्न सक्नुहुन्छ? भनेर उनलाई सोधेका थिए। त्सक्रममा उनले प्रधानमन्त्रीले नै नराम्रो गर्नेलाई कारबाही गर्न निर्देशन दिएको खुलाए। 

‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ। निरपेक्ष ढंगले काम गर्छु। जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ', उनले भने, 'त्यही निर्देशन प्रधानमन्त्रीको छ। त्यसबारेमा प्रधानमन्त्रीलाई नजोडी दिनुस्।’ 

देशभरका सडक चुस्त बनाउने र फुटपाथ पनि पैदलयात्रु मैत्री बनाउने अभियानमा सरकार लागिरहेको उनको भनाइ थियो। 

त्यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए। उनले सडक कमभन्दा कम खन्न निर्देशन दिँदै खनेपछि तत्काल मर्मत गर्नुपर्ने पनि बताए। 

'देशभरका सडक दुरुस्त बनाएर राम्रोसँग गाडी चललाउने अवस्था हुनुपर्छ। फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा छौँ', उनले भने, 'हामीले खाल्डा कति छन् भने नियालिरहेका छौँ। सबै सरकार मिलेर काम गर्नु जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .