ad ad

राजनीति


सुदूरपश्चिममा सभामुख चयनका लागि प्रदेशसभा बैठक बस्दै

बिहीबार एक मत बदर हुँदा भण्डारी चयन हुन सकेका थिएनन्
सुदूरपश्चिममा सभामुख चयनका लागि प्रदेशसभा बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार ११:१५, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ। सत्तारुढ गठबन्धनले सभामुखका लागि बिहीबार बहुमत पुर्‍याउन नसक्दा चयन प्रक्रिया अगाडि बढ्ने छ। 

बिहान ११ बजे प्रदेश सभा बैठक तय भएको छ। त्यसअघि सर्वदलीय बैठक बसिरहेको छ। 

‘सर्वदलीय बैठक बसिरहेको छ, बैठकले कति बेला बैठक राख्ने? र, सभामुखबारे प्रक्रिया अगाडि बढाउने विषयमा निर्णय लिने छ,’ प्रदेश सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले भने।

बिहीबारको बैठकमा सत्तारुढ गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सभामुखका लागि बहुमत जुटाउन सकेका थिएनन्। 

सत्तारुढ गठबन्धनको एक मत बदर हुँदा उनी सभामुख चयन हुन सकेका थिएनन्।

५३ प्रदेश सदस्य रहेको सुदूरपश्चिमको बिहीबारको बैठकमा ५० जना सांसद उपस्थित थिए। ती मध्ये भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो।

प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ। सत्तारुढ दल एमालेका चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीका एक सांसद उपस्थित थिएनन्। 

प्रदेश सभामा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गरेर सत्तारुढ गठबन्धनको पक्षमा २९ सांसद छन्।

त्यसअघि कांग्रेसका मानबहादुर रावललाई सभामुख चयनका लागि राखिएको प्रस्ताव पनि प्रदेश सभाबाट अस्वीकृत भएर बिहीबारको प्रदेश सभा बैठक सभामुख चयन नगरेरै सकिएको थियो। 

शुक्रबार बस्ने बैठकमा फेरि सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .