ad ad

समाज


निर्मला प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी दिएको एकसातामै डीआईजीको सरुवा

निर्मला प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी दिएको एकसातामै डीआईजीको सरुवा

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १०:३२, काठमाडौँ

गृह मन्त्रालय सम्हालेपछि रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा प्राथमिकता दिने पहिलो निर्णय नै गरे। त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा चिकित्सकसहितको टोली गठन भयो। अहिले पनि टोली कञ्चनपुरमै छ।

तर अनुसन्धानको नेतृत्व गरिरहेकी डीआईजी सिंहको भने सरुवा गरिएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले निकालेको सूचनाअनुसार १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ। 

सँगै बढुवा तथा पदस्थापन भएका तीन डीआईजीको भने सरुवा गरिएको छैन। मीरा चौधरी ट्राफिकमा कायम रहँदा टेकबहादुर तामाङ र उमेशराज जोशीको पनि सरुवा भएको छैन।

निर्मला पन्तको घटना अनुसन्धान गरिरहेकी डीआईजी सिंहलाई सीआईबीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा खटाउने निर्णय भएको छ। सीआईबीमा मोहनकुमार आचार्य सरुवा भएका छन्। आचार्य यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत थिए। 

निर्मला पन्तको हत्या अनुसन्धानका लागि पुस २० गते सिंह नेतृत्वको टोली कञ्चनपुर पुगेको  थियो। यसअघि ७७ जना अनुसन्धान अधिकृत खटाइसक्दा पनि अनुसन्धान टुंगोमा पुगेको छैन। 

टुंगो लगाउन भन्दै सिंहलाई खटाइएको थियो। तर जिम्मेवारी दिएको एकसातामै सिंहको सरुवा गरिएको हो। यसले निर्मला पन्तको घटनाको अनुसन्धान तत्काल टुंगोमा पुग्ने सम्भावना कम भएको छ। 

सरुवा भएसँगै डीआईजी सिंह काठमाडौं फर्किने तयारीमा छन्। 

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .