रुपन्देहीमा ६ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक र हवल्दार पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरीलाई पक्राउ गरेको हो।
उनीहरुलाई गैडहवा गाउँपालिका–३ को सगरहवाबाट बिहीबार नियन्त्रणमा लिइएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए।
3
Shares
प्रतिक्रिया