समाज


केवलकार रोकिए कसरी गर्ने यात्रुको उद्दार? सशस्त्र प्रहरीले गर्‍यो अभ्यास

केवलकार रोकिए कसरी गर्ने यात्रुको उद्दार? सशस्त्र प्रहरीले गर्‍यो अभ्यास

केवलकार उद्दारसम्बन्धी अभ्यास गर्दै सशस्त्र प्रहरीका जवान। तस्बिर : सशस्त्र प्रहरी


नेपालखबर
पुस २४, २०७९ आइतबार १८:४२, काठमाडौँ

चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित मनकामना केबलकारमा सशस्त्र प्रहरीले ‘रोप रेस्क्यु’ सम्बन्धी अभ्यास गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकारको सहकार्यमा
आपतकालिन् उद्धारसम्बन्धी अभ्यास गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

मनकामना केवलकारमा दर्शनार्थी चढेको समय कारणवश रोकिए छिटो र सजिलो तरिकाबाट उद्वार गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको हो।

घिर्नीको सहयोगमा डोरीको माध्यमबाट केवलकारमा अड्किएकालाई उक्त विधि अपनाई सजिलैसँग उद्वार गर्न सकिने अभ्यासमा देखाइएको छ। 

भविष्यमा आउनसक्ने समस्यालाई सजिलै समाधान गर्ने उद्देश्यले गरिएको ‘रोप रेस्क्यु’ अभ्यासमा शिक्षालयमा कार्यरत विपद् व्यवस्थापनसम्बन्धी दक्ष सशस्त्र प्रहरी सहभागी थिए।

यसअघि उक्त शिक्षालयले आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाको खोज तथा उद्वार, उनीहरुलाई दिइने प्राथमिक उपचार र सहयोगजस्ता विषयलाई लक्षित गरी अभ्यास गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad