समाज


कीर्ते गरेर सामाजिक सुरक्षा भत्ता हिनामिना, सप्तरीमा एक वडाध्यक्ष जेल चलान

कीर्ते गरेर सामाजिक सुरक्षा भत्ता हिनामिना, सप्तरीमा एक वडाध्यक्ष जेल चलान

नेपालखबर
पुस २४, २०७९ आइतबार १८:४८, काठमाडौँ

सरकारी कागजात तथा छाप कीर्ते गरेको कसुरमा सप्तरीका एक वडाध्यक्ष कारागार चलान भएका छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिका २ का वडा अध्यक्ष रहमान मियाँलाई आइतबार पुर्पक्षका लागि थुनामा पठाइएको हो। 

६३ वर्षीय मियासहित २१ जनाले मिलेमतो गरी एक अर्कालाई फाइदा पुर्‍याउने उद्धेश्यले राज्यकोष हिनामिना गरेको आरोप छ। 

सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रयोग गरेको आरोप उनीमाथि थियो।

दुई नागरिकता नम्बरबाट सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ३ लाख ४१ हजार १० बराबर हिनामिना गरेको आरोप उनीमाथि थियो।

सरकारी कागज किर्ते तथा नागरिकता किर्ते मुद्दामा फरार रहेका वडाअध्यक्ष रहमान मियाँलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो।

अदालतले आइतबार उनलाई पुर्पक्षका लागपि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad