१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
36
Shares
प्रतिक्रिया