समाज


पोखरेली युवाले दिए प्रचण्डलाई टोपी उपहार

पोखरेली युवाले दिए प्रचण्डलाई टोपी उपहार

नेपालखबर
पुस १७, २०७९ आइतबार २०:१, पाेखरा

पोखरेली युवाहरुले आइतबार प्रधानमन्त्री प्रचण्डलाई टोपी उपहार दिए। १० औं अन्तर्राष्ट्रिय टोपी दिवसको छेकोमा नेपाल टोपी प्रतिष्ठान नामक संस्थाका अध्यक्ष महेश्वरसिंह राजभण्डारीले प्रचण्डलाई टोपी उपहार दिएका हुन्।

‘हाम्रो टोपी हाम्रो शान’ भन्ने नारासहित टोपी दिवस मनाउँदै आएको प्रतिष्ठानको तर्फबाट प्रधानमन्त्रीलाई राष्ट्रिय पोशाकको सम्वर्द्धनको आग्रह गरिएको उनले बताए। 

पूर्वपर्यटनमन्त्री योगेश भट्टराई, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसहित पोखरा घुम्न आएका पर्यटकहरुलाई पनि टोपी उपहार प्रदान गरिएको भण्डारीले बताए।  

सो संस्थाले ९ वर्षयता अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएको छ। सचिव सचिन रानाभाटका अनुसार टोपीको माध्यमबाट विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न टोपी दिवस मनाइएको हो। 

उनका अनुसार नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ। महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपूजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ।

त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ। धाकाबाट बुनिएको टोपीलाई धाका तपुली भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएकोले यो नेपालीको मौलिक पहिरन रहेको उनले जिकिर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad