समाज


दुई प्रदेशका पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपात हुने सम्भावना

तराईमा हुस्सु लागेको छ, यात्रा गर्दा होस पुर्‍याउनू : मौसम महाशाखा
दुई प्रदेशका पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपात हुने सम्भावना

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०७९ आइतबार ७:१३, काठमाडौँ

हाल (आइतबार बिहान) देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी  गरेको छ। 

जसमा भनिएको छ : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। हिजोभन्दा आज उपत्यकाको न्यूनतम तापक्रम झन्डै १ डिग्री बढेको हो। हिजो शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार राति आकाश बादलले ढाकेको दिन न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भएको दिन न्यूनतम तापक्रम घट्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .