समाज


केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा प्रमुखले गरे गृहमन्त्री लामिछानेलाई ब्रिफिङ

केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा प्रमुखले गरे गृहमन्त्री लामिछानेलाई ब्रिफिङ

नेपालखबर
पुस १२, २०७९ मंगलबार १८:३०, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक बसेको छ। 

मंगलबार गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले काम कर्तव्य बारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएका छन्। 

उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेसँग पहिलो बैठक भएकाले सुरक्षा निकायको प्रचलन बारे जानकारी गराएको सहसचिव एवम् गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए। 

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad