गण्डकी


गण्डकी प्रदेशसभा अधिवेशन पुस १८ गते

गण्डकी प्रदेशसभा अधिवेशन पुस १८ गते

नेपालखबर
पुस १२, २०७९ मंगलबार १८:५५, पाेखरा

गण्डकी प्रदेशसभा अधिवेशन पुस १८ गते आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते सोमबार ३ बजेका लागि बैठक आह्वान गरेका हुन्।

प्रदेशका सांसदहरुको सपथ भने यसअघि नै मंसिर १४ गते गर्ने तय भएको छ। जेठ १४ गते सुरुमा प्रदेश प्रमुख गुरुङले जेष्ठ सांसद मित्रलाल बस्याललाई र बाँकी सांसदलाई बस्यालले सपथ खुवाउने कार्यक्रम यसअघि नै तय भएको हो। 

प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा १ अनुरुप संसदको अधिवेशन आह्वान गरेसँगै गण्डकीमा सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र जनता समाजवादी पार्टीका एक सांसद छन्। 

यहाँ एकल बहुमतको सरकार बन्ने अवस्था छैन। यस्तोमा एक्लै कुनै पनि दलको बहुमत नभएको हुँदा गण्डकीमा धारा १६८ (१) अनुसार सरकार गठनको सम्भावना भने छैन।

यो उपधारामा भनिएको छ, ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ।’

उपधारा १ को सम्भावना नभएपछि सरकार गठनमा उपधारा २ आकर्षित हुन्छ। यो उपधारामा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।’

केन्द्रदेखि तल्लो तहसम्म पुरानो गठबन्धन भत्केर नयाँ बनेकाले अब गण्डकीमा एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकार बन्ने अवस्था देखिएको छ। यी तीन दल मिलेमा बहुमतको लागि आवश्यक ३१ सदस्य संख्या पुग्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .