समाज


अमेरिकामा गाडीबाटै लुटियो नेपाली दूतावासको रकम

अमेरिकामा गाडीबाटै लुटियो नेपाली दूतावासको रकम

अमेरिकास्थित नेपाली दूतावास


नेपालखबर
पुस ९, २०७९ शनिबार ९:१८, काठमाडौँ

अमेरिकामा गाडी तोडफोड गरी नेपाली दूतावासको रकम लुटिएको छ। दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो। 

दूतावासले यही डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गरेको थियो। जहाँ सेवाग्राहीले दूतावासलाई शुल्कबापत मनी अर्डर र क्यासिएर चेक बुझाएका थिए। 

दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको हो। तर कति रकम बराबर लुटियाे भन्ने कुरा दूतावासले खुलाएको छैन। 

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय समय दिउँसो १२:०३ बजे लुटपाट भएको थियो। घटनालगत्तै दूतावासले स्थानीय सुरक्षा निकायहरूमा जानकारी गराएको छ। सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको दूतावासले जनाएको छ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधातप्रति क्षमा माग्दै दूतावासले भनेको छ, ‘दूतावासले सेवाग्राहीहरूको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरूले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा दूतावास आशावादी छ।’

साथै दूतावासले कन्सुलर सेवा शिविरहरूबाट सेवा लिएका सबैलाई सेवा प्राप्त गर्दा पेस गरेका मनी अर्डर र क्यासिएर चेक रद्द गर्न सम्भव भए गर्न अनुरोध पनि गरेको छ।

थप जानकारी तलको विज्ञप्तिमा–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad