समाज


नक्कली नोट कारोबार गर्ने बंगलादेशी पक्राउ

नक्कली नोट कारोबार गर्ने बंगलादेशी पक्राउ

नेपालखबर
पुस ८, २०७६ मंगलबार ११:१०,

एक हजार दरका नक्कली नोटको कारोबार गर्ने चारजना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा बंगलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन्। त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले जानकारी दिए।

गत पुस ३ गते भक्तपुरको मध्यपुर थिमी नपा–१ मा रहेको परिधि गिफ्ट पसलमा शपबाट बङ्गलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्ने २६ वर्षीय सुमन खानले सामान खरिद गरी नक्कली नोट रु दुई हजार दिई फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो।

खोजी गर्ने क्रममा खान लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द्रमा काम गर्ने भन्ने जानकारीका आधारमा उनको कोठामा खानतलासी गर्दा एक हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने तीनजनालाई पक्राउ गरेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad