समाज


'सार्वजनिक सेवामा चुक्दा प्रहरीले आलोचना पनि खेप्नुपर्‍यो'

'सार्वजनिक सेवामा चुक्दा प्रहरीले आलोचना पनि खेप्नुपर्‍यो'

नेपालखबर
पुस ८, २०७६ मंगलबार ११:६,

महानगरीय प्रहरी कार्यालय प्रमुख डीआईजी विश्वराज पोखरेलले सार्वजनिक सेवा प्रदानमा प्रहरी चुकेको र आलोचनाको पात्र बनेको बताएका छन्।

आफू महानगरीय प्रहरी प्रमुख भएपछि मातहतका प्रहरीलाई निर्देशन दिँदै डीआईजी पोखरेलले प्रहरीले समयानुकूल परिवर्तन हुनुपर्ने बताएका हुन्।

निर्देशनपत्रमा उनले भनेका छन्, ‘समयानुकूल परिवर्तन आजको आवश्यकता हो, हाम्रा कमी कमजोरी सच्याउने अरु कोही होइन, हामी नै हौँ।’

निर्देशनपत्रमा उनले आफूले उच्च व्यावसायिक क्षमता र इमानदारिता बोकेको, जनभावनाअनुरुप कार्य गर्ने सिपाहीलाई आफूले सम्मान गर्ने बताए। उनले पत्रमा आफूले कहीँ कुनै लोभलाभमा परेको देखे औँल्याउन आग्रह गर्दै तत्कालै विदा हुने बताए।

प्रहरी अधिकारीले संगठनलाई दाग लगाउन नहुने बताउँदै उनले कहीँ कतै कमजोरी गरेको भेटे प्रहरीभित्र पनि कसैलाई नछाड्ने बताए। त्यस्तै उनले सर्वसाधारणबाट आउने राम्रा कामको टीकाटिप्पणी हेर्न मातहतका प्रहरी अधिकारीलाई आग्रह गरे।

आफू महानगरीय प्रहरी प्रमुख भइसकेपछि आफ्नो शब्दकोषमा एक्स्क्युज भन्ने शब्द नै हटाएको उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad