ad ad

समाज


चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

नेपालखबर
पुस ५, २०७९ मंगलबार १८:२५, काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको रोशि गाँउपालिका घर भइ हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २८ वर्षीय वाङजु लामालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

स १० प १३ २७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल ललितपुरको ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको भनी ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २०७८ कात्तिक २५ गते निवेदन परेको थियो। 
 
उक्त निवेदनको आधारमा खोजी गर्ने क्रममा सोमबार साँझ ५ बजे काठमाडाैंको बानेश्वरबाट परिवर्तित नम्बर बा ९३ प ८७८ प्रयोग गरी लामालाई चलाइरहेको अवस्थामा भेटेपछि ट्राफिक प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आज जिल्ला प्रहरी परीसर जावलाखेल ललितपुर पठाइएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्। 

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएकोमा स्वयं सवारी धनी पनि विशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने गरेमा चोरी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन्।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .