ad ad

कारोबार


टोल–टोलमा ‘डोर टोली’ परिचालन

टोल–टोलमा ‘डोर टोली’ परिचालन

नेपालखबर
पुस ५, २०७९ मंगलबार १८:३५, काठमाडौँ

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नापतौल गर्ने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको छ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नेपाल खुद्रा व्यापार संघसँगको सहकार्यमा  टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो।

उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानून अनुसार कारबाही समेत गर्नेछ।

मंगलवार काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको पसलहरुमा कार्यलयकी सहायक निरीक्षक अनिता घिमिरेको नेतृत्वमा निरीक्षणको टोली पुगेको थियो।

सहायक निरीक्षक घिमिरेले पसलमा भएका नापतौल ढक तराजु दर्ता नगर्ने व्यवसायीहरुलाई अनुगमन फारम भराई तीन दिनभित्र ढक तराजु दर्ता गर्न निर्देशन दिइन्। उनले तराजुमा कुनै कैफियत भेटिए कारबाही गरिने पनि बताइन्।

उनले काठमाडौं लगायत विभिन्न जिल्लाका व्यवसायी फर्म तथा पसलामा शुक्रवारसम्म निरीक्षण गरिने बताइन्। उनले व्यापारीहरुले ढक तराजु खरिद् गरेको मितिले ३५ दिनभित्र अनिर्वाय दर्ता गर्नुपर्ने अन्यथा जरिवान हुने कानूनी व्यवस्था रहेको पनि जानकारी दिइन्।

नेपाल खुद्रा व्यापार संघका सदस्य शिव डंगोलले व्यापारीले प्रयोग गर्दै आएका ढक तराजुका साथै डिजिटल काटा बिग्रिएको हुनसक्ने भएकाले ठिक छ कि छैन भनि जाँचबुझ गर्न टोली बनाएको बताइन्।

नापतौल विभागले काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला कार्यक्षेत्र रहेको नापतौल कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ।

नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ। नापतौल अनुमति नलिने व्यवसायीलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आइएको पनि कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .