समाज


यस्ता छन् आइतवारको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

कालिगण्डकीका दुई थान शिला जनकपुर लैजान अनुमति
यस्ता छन् आइतवारको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०७९ सोमबार १६:२४, काठमाडौँ

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती निर्णय सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। 

आइतवारको मन्त्रिपरिषद बैठकले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रशारणलाइन
निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

प्रवक्ता कार्कीले मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२०

केभी प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए। 

उनले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए। 

मन्त्री कार्कीले संरक्षण क्षेत्रभित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने निर्णय भएको पनि जानकारी दिए। 

उनले अन्नमा आधारित पूरक बालआहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने बताए। 

उनले खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए। 

उनका अनुसार मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने अर्को निर्णय भएको छ। 

त्यसैगरी कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय भएको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad