समाज


चिरिबाबुको प्रस्ताव : उपत्यकामा मेट्रो चलाऔँ, बूढानीलकण्ठदेखि गोदावरी साइकल लेनले जोडाैं

चिरिबाबुको प्रस्ताव : उपत्यकामा मेट्रो चलाऔँ, बूढानीलकण्ठदेखि गोदावरी साइकल लेनले जोडाैं

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १५:३१, काठमाडौँ

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे। उनले यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न आग्रह गरे।

उनले भने, ‘काठमाडौं एउटा उपत्यका हो। यहाँ कुनैपनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बल, बुताले सबै पालिकाहरुमा छुने किसिमको मेघा प्रोजेक्ट गर्न गाह्रो पर्छ। काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ। ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ। तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा र्यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ। तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढौँ।’

उनले थपे, ‘काठमाडौं महानगरपालिकाका प्रमुख समक्ष एउटा प्रश्ताव राख्न चाहान्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ। यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु। ललितपुरबाट काठमाडौंमा पनि जोडौँ। काठमाडौंले बूढानीलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदावरीको गार्डेनसम्म पुर्याउन पायौँ भने एकदमै राम्रो हुन्छ। यसको निमित्त गोदाबरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनको लागि बजेटको व्यवस्थापन गरिसकेको छ। तसर्थ यता विलम्व नहोस् भनेर मैले सुझाव दिएँ।’

उनले सार्वजनिक खरिद ऐन २०६३ को आमुल सुधार गर्नुपर्ने बताए। सो ऐन स्थानीय पालिकाको लागि असाफसिद्ध रहको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad