राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउन भनेको छ।
आयोगले कुनै जात (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न भनेको छ।
'जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ', आयोगले बुधबार भनेको छ।
तर उनै साम्पाङले बुधबार फेरि त्यही भाषा सामाजिक सञ्जालमा दोहोर्याएका छन्।
'चमारे भन्ने कुनै थर छ र? चमार भन्ने पो छ त होइन र? नहुने कुरा नगरौँ है साथी हो', उनले कटाक्षको शैलीमा भनेका छन्।
Shares

प्रतिक्रिया