ad ad

समाज


फिलिपिन्समा नरिवलको रक्सी पिउँदा आठ जनाको मृत्यु, सयौं बिरामी

फिलिपिन्समा नरिवलको रक्सी पिउँदा आठ जनाको मृत्यु, सयौं बिरामी

नेपालखबर
पुस ७, २०७६ सोमबार १०:३८,

रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ।

राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन्।

रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए। बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिएका छन्।

Image result for coconut alcohol killed eight

रक्सी सेवनका कारण बिरामी भएका ३ सय जना अस्पतालमा भर्ना भएको उनको भनाइ छ। बिरामी सबैमा एकै प्रकारको समस्या देखिएको चिकित्सकहरुको भनाई छ।

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ।

बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन्। रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् ।

पछाडी पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .