ad ad

खेल


पाँच हजार मिटर दौड प्रतियोगिता हुने

पाँच हजार मिटर दौड प्रतियोगिता हुने

नेपालखबर
पुस ७, २०७६ सोमबार १०:४२,

मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटले ११औं वार्षिकोत्सवको अवसरमा दौडको आयोजना गर्ने भएको छ।

स्थापना दिवसको असरमा पाँचौ बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिता गर्ने भएको हो। पुस २९ गते हुने प्रतियोगितामा विभिन्न माविका छात्र र छात्रा सहभागी हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिता योगिकुटीदेखि ट्राफिक चोकसम्म हुने बताइएको छ।

प्रतियोगितामा प्रथम हुने छात्र छात्राले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक केशव पौडेलले जानाकारी दिए। यसैगरी तेस्रो मदन भण्डारी अन्तर मावि फुटसल प्रतियोगिता–२०७६ माघ ३ गते हुनेछ। फुटसल प्रतियोगितामा विजेताले नगद २४ हजार र उपविजेताले नगद १२ हजार प्राप्त गर्ने कार्यक्रम संयोजक मदन जंग पुनले जानकारी दिए।

सोही अवसरमा विभिन्न आश्रममा राहत वितरण गरिने समेत बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .