ad ad

समाज


दार्चुला सीमामा तनाव : वारि–पारि ढुंगा हानाहान, चार नेपाली घाइते

सीमा पुल बन्द
दार्चुला सीमामा तनाव : वारि–पारि ढुंगा हानाहान, चार नेपाली घाइते

फाइल फोटाे


गोकुल जोशी
मंसिर १८, २०७९ आइतबार १७:३८, कंचनपुर

दार्चुलास्थित नेपाल भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ४ जना नेपाली घाइते भएका छन्।

त्यसको विरोधमा नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिएको छ।

भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार भएको हो।

वारिबाट पनि भारततर्फ ढुंगा हानिएको छ। 

आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘केही व्यक्ति घाइते भएपछि पुल बन्द गरिएको खबर आएको छ, वास्तविकता बुझ्न टोली खटिएको छ,’ उनले  भने।

महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ।

भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीब्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन्। 

भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउँदै आएका छन्।

भारतीय पक्षले नेपालतर्फ महाकालीबाट ढुंगा उठाएपछि दार्चुलामा तनाव

महाकाली नदीमा भारतले फेरि बनाउन थाल्यो तटबन्ध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .