ad ad

समाज


बाजुरा घटनामा आयोगको अनुसन्धान सुरू

बाजुरा घटनामा आयोगको अनुसन्धान सुरू

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २०:८, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ।

आयोगका डा. टीकाराम पोखरेलका अनुसार यही मंसिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरे।

घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली उक्त स्थानतर्फ प्रस्थान गरेको छ।

आयोगले अनुसन्धान गर्न गएको टोलीलाई आवश्यक सहयोग गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैसँग अनुरोध गरेको छ।

मतदानको दिन त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएपछि प्रहरीले फायरिङ गरेको थियो।

त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो। सोही घटनामा चेतन अएडीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। उक्त घटनापछि मतदान रोखिएको थियो। अहिलेसम्म पनि पुनः मतदान भएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .