ad ad

राजनीति


मोरङ–२ मा कांग्रेस नेतृ सुजाता पराजित, एमालेका ऋषिकेशले निकाले जित

मोरङ–२ मा कांग्रेस नेतृ सुजाता पराजित, एमालेका ऋषिकेशले निकाले जित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २०:२४, काठमाडौँ

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार पोखरेल ३३ हजार १ सय ४८ मतसहित विजयी भएका हुन्। 

कांग्रेस नेतृ सुजाता कोइरालालाई हराउँदै पोखरेलले मोरङ–२ बाट जित निकालेका हुन्। कांग्रेसकी कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गरेकी छिन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९ सय ८७ मत प्राप्त गरेका छन्। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गोपाल दाहालले २ हजार ७ सय ४५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .