समाज


गोरखा सदरमुकामको मतदान केन्द्रनजिकै प्रेसरकुकर बम

गोरखा सदरमुकामको मतदान केन्द्रनजिकै प्रेसरकुकर बम

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १२:५९, काठमाडौँ

गोरखा सदरमुकामको रानीवन क्षेत्रमा प्रेसरकुकर बम फेला परेको छ। 

गोरखा नगरपालिका–८ को रानीवन क्षेत्रस्थितद वर्ल्ड क्यापिटल माविमा रहेको मतदान केन्द्रनजिकै बम फेला परेको  प्रहरी नायव उपरीक्षक केदार खनालले बताएका छन्।  

मतदान सुरु भइसकेपछि मात्रै बम भएकोबारे जानकारी आएको उनले बताए। 

'तत्कालै बम डिस्पोजका लागि नेपाली सेनाको टोली परिचालन भएको छ', उनले भने, 'डिस्पोजको तयारी भइरहेको छ। केही समयभित्रै बम डिस्पोज हुन्छ।

बम रहेको स्थान मतदान केन्द्रबाट १० मिटरको दूरीमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .