समाज


काठमाडौंको नारायण गोपाल चोकमा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

काठमाडौंको नारायण गोपाल चोकमा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १९:४, काठमाडौँ

काठमाडौंको नारायण गोपाल चोक नजिकै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा परी स्कुटरमा सवार कास्कीको मादी ५ का ४७ वर्षीय बेलबहादुर राना मगर उनकी श्रीमती ४१ वर्षीय कल्पना राना मगरको ज्यान गएको हो। 

बुधबार अपरान्ह ना८ख १८४१ न. को ट्रकले बाप०२–०३२प२२२७ न. को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दम्पती गम्भीर घाइते भएका थिए। उनीहरुलाई तत्काल शिक्षण अस्पताल लगिए पनि उपचारका क्रममा ज्यान गएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

ट्रक चालक चितवन राप्ती नगरपालिका १ का राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अपरान्ह ४:४० बजे नारायण गोपाल चोकबाट अन्दाजी ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा दुर्घटना भएको एसपी मैनालीले बताए। 

तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई उद्दार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याए पनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए। उनीहरुको साथमा भेटिएको नागरिकता प्रमाण–पत्रको आधारमा पहिचान खुलेको हो। 

प्रहरीले मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad