ad ad

समाज


त्रिशूली दुर्घटना : धादिङको हुग्दिखोलाबाट २ सय मिटर तल खस्यो बस, १६ जना घाइते (अपडेट)

त्रिशूली दुर्घटना : धादिङको हुग्दिखोलाबाट २ सय मिटर तल खस्यो बस, १६ जना घाइते (अपडेट)

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार २०:०, काठमाडौँ

काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीका अनुसार घाइतेहरुको उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको छ।

साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको थियो। बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप विवरण भने आउन बाँकी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .