ad ad

समाज


काठमाडौंबाट रूकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट रूकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १९:२८, काठमाडौँ

काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेको छ। बा ४ ख ५७९० नं बस त्रिशुलीमा खसेको हो।

साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ। डिएसपी श्याम बहादुर खत्रीका अनुसार गाडी पानीमा नडुबेको र घाइतेहरुको उद्धार सुरु भएको छ।

बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार १६ जना व्यक्ति दुर्घटना भएको प्रारम्भिक जानकारी आएकाे छ। 

घाइतेहरुको स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको छ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .