अर्बपति इलोन मस्कले ट्विटर किनेयता हरेकदिन यो सामाजिक सञ्जाल समाचार र विवादमा छाइरहेको छ। हालै मस्कले ‘ब्लु टिक’का लागि सबैले मासिक ८ डलर तिर्नुपर्ने बताएपछि लेखक स्टिफन किङसहितका थुप्रै सेलेब्रेटीले पैसा नतिर्ने अडान सार्वजनिक गरेका छन्।
उसो त मस्कले केही दिनभित्रै पैसा लिएर ब्लु टिक दिने योजना लागू गर्ने बताइँदै छ।
तर, यतिबेला मस्कले ट्विटरको नियन्त्रण लिएपछि अभिनेत्री तथा मस्ककी पूर्वगर्लफ्रेन्ड एम्बर हर्डको अकाउन्ट डिलिट भएको छ। र, यो विषय अहिले चर्चामा छाएको छ।
अभिनेत्री हर्डले आफ्नो अकाउन्ट आफैँले निष्क्रिय पारेकी हुन् या होइनन्, स्पष्ट छैन। तर, मानिसहरुले मस्कमाथि शंंका व्यक्त गरिरहेका छन्। मस्कले उनको अकाउन्ट डिलिट गरिदिएको उनीहरुको अनुमान छ।
कतिपय ट्विटर प्रयोगकर्ताले चाहिँ पूर्व ब्वाइफ्रेन्ड मस्कले आफ्नो मेसेजहरु हेर्न नपाउन् भनेर हर्डले अकाउन्ट डिलिट गरेको अनुमान गरेका छन्।
हर्ड र मस्क २०१६ देखि २०१८ सम्म डेटिङमा रहेको बताइन्छ। जतिबेला उनी अभिनेता जोनी डेपसँग विवाहित थिइन्। पछि उनीहरुको सम्बन्धविच्छेद भयो। एजेन्सी
Shares
प्रतिक्रिया