कञ्चनपुर र ताप्लेजुङमा गरी दुई जना व्यक्ति आफ्नै घरमा मृत फेला परेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजी बस्ने ४३ वर्षीय राजेन्द्र राना आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यता, ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–२ श्यामचोक पखेडा बस्ने ४७ वर्षीया निर्मला ईजम लिम्बु आफ्नै घरको आँगनमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
21
Shares

प्रतिक्रिया