हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। साथै पूर्वी नेपालमा बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको अप्रत्यक्ष आंशिक प्रभाव पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले (आइतबार साँझ) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा र प्रदेश १ को तराई क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा छ।
आज राति प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
39
Shares
प्रतिक्रिया