ad ad

समाज


सत्यमोहन जोशीको शरीर नजलाइने, अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा राखिने

सत्यमोहन जोशीको शरीर नजलाइने, अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा राखिने

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०७९ आइतबार ९:४६, काठमाडौँ

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ। मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका जोशीको शरीर अन्त्येष्टि नगरी राखिने निर्णय भएको हो। 

उनको शरीर के गर्ने भन्नेबारे निर्णय लिनका लागि पारिवारिक सदस्यसहितको छलफल भएको थियो। आइतबार बिहान ललितपुरको किस्ट अस्पतालमा जोशीको निधन भएको हो। 

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ। जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण  गरिने निर्णय भएको हो। ‘महानगरकै समन्वयमा उहाँको शव प्रज्ञा प्रतिष्ठानमा राखिने छलफल पनि भइरहेको छ’ जोशीका भतिज अजिरमान जोशीले भने।

नसाबाट केमिकल राखेर शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .