समाज


कालिकोटमा खोलो तर्ने क्रममा प्रहरी जवान बेपत्ता

कालिकोटमा खोलो तर्ने क्रममा प्रहरी जवान बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०७९ सोमबार १५:११, सुर्खेत

कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत छन्। 

उनी आज (सोमबार) बिहान ९ : १५ बजे खोलो तर्ने क्रममा बगेका हुन्। 

रावत कालिकोटको खाँडाचक्र नगरपालिका-८ स्थित सेरावाडा खोलाले बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

उक्त क्षेत्र रहेको टाकुल्ला खोलामा बाढी आएर बढेकाले प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad