समाज


अपडेट : हुम्लामा पहिरोले घर भत्किँदा ४ को मृत्यु, ५ जना घाइते

अपडेट : हुम्लामा पहिरोले घर भत्किँदा ४ को मृत्यु, ५ जना घाइते

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०७९ सोमबार १४:२५, सुर्खेत

हुम्लाको चंखेली गाउँपालिका–६ स्थित मेल्छाम पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। 

गएराति मेल्छामस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए। तीमध्ये पाँचजनालाई जीवितै उद्धार गरिएको छ। 

मृत्यु हुनेमा हुम्ला चंखेली गाउँपालिका–६ मेल्छामका ६० वर्षीय तुलसा कामी, ७ वर्षीया बसन्ता कामी, ९ वर्षीय सुस्मिता कामी र १२ वर्षीय हैजाली कामी छन्। 

यस्तै, घाइते हुनेमा  ३८ वर्षीय देउच्म कामी, ३६ वर्षीय औगती कामी, १२ वर्षीय निरूता कामी, १४ वर्षीय मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी छन्। 

यीमध्ये ३६ वर्षीय औगती कामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनापछि उद्धारका लागि प्रहरी चौकी मेल्छामबाट ७ जनाको प्रहरी टोली गएको थियो।    

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लान लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .