बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउँदैछन्। उनलाई त्रिभुवन विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।
लामिछानेले आफू १० बजे नेपाल आइपुग्ने बताएका थिए। अहिले विमानस्थलमा प्रहरीले उनलाई कुरिरहेका छन्। नेपाल प्रहरीको भ्यानसहित प्रहरी अधिकारीहरु सन्दीपलाई पक्राउ गर्न विमानस्थलमा तैनाथ छन्।
नेपाल फर्केसँगै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने लामिछानेले बताएका थिए।
क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्।
प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए। लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्।
आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने उनले बताएका छन्।
युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।
Shares
प्रतिक्रिया