ad ad

समाज


सन्दीप चढेको विमान अवतरण गर्न सकेन, आकाशमा फन्को मार्दै

सन्दीप चढेको विमान अवतरण गर्न सकेन, आकाशमा फन्को मार्दै

नेपालखबर
असोज २०, २०७९ बिहिबार १०:४५, काठमाडौँ

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउँदैछन्। उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट अवतरण गर्दैछन्। 

तर, लामिछाने सवार विमान भने अवतरण हुन सकेको छैन्। वर्षाको कारण उनी चढेको विमान आकाशमा नै फन्को मारिरहेको छ। 

९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने उक्त विमान अहिलेसम्म अवतरण हुन सकेको छैन्। 

उनलाई त्रिभुवन विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।

लामिछानेले आफू १० बजे नेपाल आइपुग्ने बताएका थिए। अहिले विमानस्थलमा प्रहरीले उनलाई कुरिरहेका छन्। नेपाल प्रहरीको भ्यानसहित प्रहरी अधिकारीहरु सन्दीपलाई पक्राउ गर्न विमानस्थलमा तैनाथ छन्।

नेपाल फर्केसँगै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने लामिछानेले बताएका थिए।

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए। लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्।

आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने उनले बताएका छन्।

युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .