ad ad

समाज


आज राति यी पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना, होसियारी अपनाउन सुझाव

आज राति यी पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना, होसियारी अपनाउन सुझाव

फाइल फाेटाे


नेपालखबर
असोज १८, २०७९ मंगलबार १९:१६, काठमाडौँ

आज (मंगलबार) राति पाँचवटा प्रदेशमा भारी (ठूलो) वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक दुई  स्थानमा  भारी वर्षा हुने सम्भावना देखिएको हो। 

हल्कादेखि मध्यम वर्षा भने देशभरै हुने सम्भावना छ। 

बुलेटिनअनुसार आज राति प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टा (बुधबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावनाले उक्त क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ। नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .