अहिले देशभर दसैँको रौनक छ। यतिबेला मानिसहरू आफ्नो गच्छेअनुसार मीठो, मसिनो खाने तथा राम्रो लगाउने गर्छन्।
गाउँ घरमा दसैँका बेला पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ। तर पछिल्लो समय पिङ हराउँदै गएको गुनासो गर्न थालिएको छ।
यसै क्रममा आज महाअष्टमीका दिन राजधानी (काठमाडौं) को शंखरापुर नगरपालिकामा पर्ने पालुबारी पुग्दा स्थानीय परम्परागत पिङ खेलेर रमाइलो गरिरहेका थिए।
हेर्नुहोस् केही तस्बिर :
असोज १७, २०७९, साेमबार
प्रतिक्रिया