सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।
आजको बैठकले सिट बाँडफाँटको टुंगो लगाउनेगरी छलफल अघि बढेको गठबन्धनका एक नेताले जानकारी दिए।
यसअघि नै सत्ता गठबन्धनका दलहरुबीच मोटामोटी सहमति भइसकेको छ। आज बस्ने बैठकले औपचारिक टुंगो लगाउने तयारी रहेको ती नेताले जानकारी दिए।
87
Shares
प्रतिक्रिया