ad ad

समाज


छुट्टाछुट्टै गाडी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै गाडी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखबर
असोज १४, २०७९ शुक्रबार ११:५०, काठमाडौँ

काठमाडौंलगायत देशका विभिन्न स्थानमा भएका गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार काठमाडौं, ललितपुर, चितवन र कास्कीमा भएका सवारी दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो।

काठमाडौं नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बा.प्र.०२–०२८ प ८८२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको बिहीबार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल (स्वयम्भू) मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै ललितपुरको ललितपुर महानगरपालिका–२८, हरिसिद्धि पेट्रोल पम्पस्थित सडकमा पानी ट्यांकरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। ना. ४ ख ३१२९ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार बिहीबार साँझ बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भई हाल चितवन भरतपुर महानगरपालिका–२ बस्ने १९ वर्षीय महमद सकिल साहको मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको लु. २ ख ५५ नम्बरको ट्रकले किच्दा महमदको घटनास्थलमै मृत्यु भएको हो। दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–६ बुलौदीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

प्रहरीले दिएको जानकारीअनुसार लु. ८७ प ६८७९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई गएराति दुर्घटना हुँदा यसका चालक पाल्पा तानसेन नगरपालिका–११ घर भएका अशोक पौडेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .