ad ad

ग्लोबल


युक्रेनको १८ प्रतिशत भूभाग आजदेखि रुसमा गाभिँदै

मस्कोबाट विशेष सम्बोधन गर्दै भ्लादिमिर पुटिन
युक्रेनको १८ प्रतिशत भूभाग आजदेखि रुसमा गाभिँदै

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १२:४, काठमाडौँ

युक्रेनको १८ प्रतिशत भूगोललाई रुसले शुक्रबारदेखि औपचारिक रुपमा आफूमा गाभ्दैछ। केही दिनअघि गरेको जनमत संग्रहमा यो १८ प्रतिशत भूभागका बासिन्दा रुसमा गाभिने बताएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले यसको औपचारिक घोषणा गर्न लाग्दैछन्। 

रूस रेफरेन्डम (जनमत संग्रह) हासिल गरेपछि युक्रेनका चार भूभाग डोनेट्स्क, लुहान्स्क, खेरसन र जपोरिजियालाई औपचारिक रुपमा आफ्नो सीमामा गाभिँदैछ। आज राष्ट्रपति भ्लादिमिर पुटिन यसका लागि एक सम्झौतामा हस्ताक्षर गर्दैछन्। 

क्रेमलिनका प्रवक्ता दिमित्री एस पेसकोभले भने, 'युक्रेनका चार शहरलाई रूसमा मिलाउने तयारी भइसकेको छ। 

यी शहरका प्रमुखले अब हेड क्रेमलिनको सेन्ट जर्ज हलमा आवश्यक दस्तावेजमा हस्ताक्षर गर्नेछन्। युक्रेन र पश्चिमी देशले रुसको यो कदमलाई जबरजस्ती विलय भन्दै कडा आपत्ति जनाएका छन्। 

यसबारे रूसले भनेको छ, 'हामीले पाँच दिन (२३ सेप्टेम्बर-२७ सेप्टेम्बर) सम्म ​​​​​​ जनमत संग्रह गरायौँ। यसमा मिलेको समर्थनका आधारमा हामीले युक्रेनका डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनलाई आफ्नो देशमा गाभ्दैछौँ। यसका लागि कानुनी रुपमा मतदान गराइसकेका छौँ।'

रूसले युद्धको शुरुवातमा डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषित गरेको थियो।  खेरसनमा पनि कब्जा जमाएको थियो। जपोरिजिया शहरमा पछिल्लो महिना कब्जा गरेको थियो।

युक्रेनका चार शहरलाई मिलाउने अवसरलाई रूसले कुनै विशेष दिवसका रुपमा मनाउने तयारी गरेको छ। रूसको राष्ट्रिय सञ्चारमाध्यमले आज हुने कार्यक्रमलाई देश मिलाउने खुसियालीका रुपमा मनाउने गरी तयारी गरेको छ।

राष्ट्रपति पुटिन यस अवसरमा विशेष भाषण दिने तयारीमा छन्। यसका लागि मस्कोको रेड स्क्वायरमा होर्डिङ र एक ठूलो भिडिओ स्क्रिन लगाइएको छ। यस क्रममा कयौँ सडक बन्द रहेनछन्। 

युक्रेन यति लामो समयसम्म रुसविरुद्धको युद्धमा टिकिरहने मुख्य कारण भनेको अमेरिका र पश्चिमी देशको हतियार र आर्थिक समर्थन हो। रूसले युक्रेनको भूभाग मिलाउने कुरालाई लिएर सुरुदेखि नै विरोध गरिरहेका छन्। 

अब युक्रेनका ४ इलाकालाई गाभेर रूस पश्चिमी देशलाई आफूलाई कसैले रोक्न नसक्ने सन्देश दिन खोज्दैछ। सन् २०१४ मा रूसले यही प्रक्रियाअनुसार क्रिमियामा पनि कब्जा जमाएको थियो। जसको पश्चिमी देशले विरोध गरेका थिए। यसपछि पनि रुसले युक्रेनको ठूलो भूभाग आज गाभ्दैछ।

युक्रेनका चार ठूला भूभागलाई औपचारिक रुपमा रूसमा गाभेपछि उसले युक्रेनका अन्य भागमा पनि कब्जा गर्दै पश्चिमी देशलाई पनि निशाना बनाउन सक्ने सन्देश दिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .