चन्द्रलोक प्रतिष्ठानले विभिन्न विधामा उल्लेख्य योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरेको छ।
प्रतिष्ठानले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, जनता टेलिभिजनका सम्पादक टंक पन्त र गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा लगायतलाई सम्मान गरेको हो।
बुधबार पर्यटन बोर्डको हलमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान गरे।
संस्थाका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिलाई सम्मान गर्न पाएकोमा आफू हर्षित भएको बताए।
असोज १२, २०७९, बुधबार
प्रतिक्रिया