समाज


आत्मबलले आइकन बनेका यी यात्रीहरु

आत्मबलले आइकन बनेका यी यात्रीहरु

वाशुदेव मिश्र
मंसिर २८, २०७६ शनिबार १३:९,

क्रान्तिकारी गीतले उनी जुरुक्क–जुरुक्क हुन्थिन्। घरको आर्थिक अवस्था राम्रो थिएन। १२ वर्षमा स्कूल छाडनु प¥यो। गाउँघरमा डर मात्रै हुने। दैनिकजसो भिडन्त हुने। कसले मार्छ भन्ने थाहा हुँदैनथ्यो।

घरमै आएर लैजान्छ अरे भन्ने पनि हुन्थ्यो। तर, कसले लैजाने थाहा थिएन।पाँच जनाको परिवारकी जेठी छोरी मीरा राईले क्रान्ति रोजिन्। १४ वर्षको उमेरमा उनी माओवादी जनयुद्धमा होमिइन्। बन्दुक बोकिन्। उनका अंकल सेनामा थिए। छोरी दुस्मनको मोर्चामा जाँदा मन दुख्नु अस्वभाविक थिएन।

मोर्चामा थिइन् तर सेना समायोजनमा उनी ‘अयोग्य’ घोषित भइन्। उनी सिन्धुली नै बसिन्। यूएनडीपीको सहयोगममा उनले पढ्ने अवसर पाइन्। एसएलसी गरिन्। जेटिए गरिन्। पछि कराँते सिकिन्। २०१४ मा ओपन हिमालयन टे«ल रेसबाट सुरु भएको यात्रा २० औँ पटकको सहभागितामा पनि उस्तै छ। अल्ट्राधावक मीरा राईलाई सीएनएनले पनि चिनायो। उनी नेपालमा मात्रै नभएर विश्वमै चिनिइन्।

 ननिता महर्जनले बिहेपछि खेलकुद छाडिन्। ‘टिभी हेर्दा गेम आउथ्यो, भलिबल, देख्यो कि खेलिहालौँ जस्तो लाग्ने। मन गइहाल्ने। माइग्रेन्टले च्याप्दा डाक्टरले ६ महिनाको एकैचोटी औषधी दिएर पठाउनुभयो, एक पोका औषधी देखेपछि यति रिस उठ्यो’, बडिबिल्डर ननिता राईले भनिन्, ‘म बडिबिल्डिङमै गएको थिइन् तर श्रीमानले अब एक्सरसाइज गर्नुपर्छ भन्नुभयो तर त्यहाँ केटीको लागि राम्रो जिम नै थिएन। लेडिज भएको ठाउँमा लैजानुभयो। सुरुमा जुम्बा, एरोबिक्स गरेँ तर साह्रै गाह्रो भयो। पछि साइक्लिङ, स्पिकिङ गरेँ। तौल घट्यो अनि शरीर कसिलो बनाउनको लागि मैले बडिबिल्डिङ रोजेँ।’

हो, त्यही बडिबिल्डिङले उनलाई चिनायो। बैंककको आठौँ र नवौँ विश्व बडिबिल्डिङ च्याम्पियनसीपमा पदक विजेता बनिन्। उनी साहशिक आमाको रुपमा पनि दरिइन्। उनी अहिले खेलकुदको आइकन हुन्।

हो, यी दुबै खेल आइकनले शनिबार चिसो दिनमा आफ्ना चिसा–ताता किस्सा सुनाए। नेपालको लागि खेल्दा भएका अप्ठेरा र सफलताका कथाहरु खुलेरै भने। पोखरामा जारी आईएमई लिटरेचर फेस्टिवलमा उनीहरु दुबैको एउटै कुरा थियो, ‘जब म नेपालको झण्डा फहराउँछु, मलाई असाध्यै खुसी लाग्छ।’

आफ्नो शरीर राम्रो बनाउने सोचले खेलकुदमा जमेकी ननितालाई घर र श्रीमानले खुबै सघाए रे। ‘उहाँले गरेर नै म यहाँ आएँ, श्रीमानले बच्चा हेर्नुपर्छ भनेको भए म यहाँ पुग्दिनथेँ होला’ ननिता महर्जनले पोखरामा जारी आइएमई लिटरेचर फेस्टिवलमा केही सुनेको र केही नभनेको कथा सुनाउँदै भनिन्, ‘मलाई मेरो सासू (ममी नै भनौँ न) ले पनि गर भन्नुभयो।’

पुरुषलाई बढी र महिलालाई कम तलब दिने गरेको उनलाई मन परेको छैन। उनी महिलालाई पनि उत्तिकै पैसा दिनुपर्ने बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad