समाज


धनुषा बिस्फोटः शोकमा आइतबार शैक्षिक संस्था बन्द हुने

धनुषा बिस्फोटः शोकमा आइतबार शैक्षिक संस्था बन्द हुने

शैलेन्द्र महतो
मंसिर २८, २०७६ शनिबार १३:२७,

बम बिस्फोटमा परी विद्यार्थीसहित तीन जनाको मृत्यु भएको शोकमा आइतबार धनुषा जिल्ला भरिका सम्पूर्ण संस्थागत शैक्षिक संस्था बन्द हुने भएका छन्।

संस्थागत विद्यालय संरक्षण समितिले एक विज्ञप्ती जारी गर्दै घटनाको शोकमा आइतबार धनुषा जिल्ला भरिका सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्दको घोषणा गरेको हो।

घटना पश्चात् संस्थागत विद्यालय संरक्षण समितिका अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै निजी शैक्षिक संस्था बन्द रहने जनाएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शुक्रबार राति राजेश्वर साहको घरमा अज्ञात व्यक्तिले छाडेको बम बिस्फोट हुँदा साह र उनका छोरा आनन्द साहको घटना स्थलमै मृत्यु भएको थियो। छोरा आनन्द जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत थिए। यस्तै घटनामा गम्भीर घाइते भएका धनुषाका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको समेत उपचारको क्रममा मृत्यु भएको थियो।

राजेश्वर साहका बुबा भिखारी साह, अर्का छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजन महतो गम्भीर घाइते भएका छन् । त्यस्तै छोरी निक्की समेत घाइते भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad