समाज


आणविक ऊर्जासम्बन्धी कार्यक्रममा नेपालको हस्ताक्षर, आर्थिक सहयोग मिल्ने

आणविक ऊर्जासम्बन्धी कार्यक्रममा नेपालको हस्ताक्षर, आर्थिक सहयोग मिल्ने

नेपालखबर
असोज ११ , काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्तारक्षर गरेका छन्। 

अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपीएफ)मा नेपालकोतर्फबाट हस्तारक्षर गरेका हुन्।

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएर्ईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ। 

यसका साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ। 

त्यही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६ औं महासभालाई पनि सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले

निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरुको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताएका छन्। 

विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै उनले आणविक विज्ञान र प्रविधिलाई आइएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको उल्लेख गरे।

उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि प्रष्ट पारेका छन्। 

सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५० औँ वार्षिकोत्सवमा पनि सहभागिता जनाए। 

त्यही अवसरमा मन्त्री पौडेलले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसीएको सहयोग बहुमूल्य रहेको बताए।

नेपालले विभिन्न प्राविधिक सहयोग परियोजनाहरु र आरसीए परियोनाहरुमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको उनले बताए। 

असोज ११, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad