समाज


मनास्लु चढ्न गएका पाँच नेपाली आरोही हिमपहिरोमा बेपत्ता

खोजीमा परिचालित हेलिकोप्टरलाई मौसमले समस्या
मनास्लु चढ्न गएका पाँच नेपाली आरोही हिमपहिरोमा बेपत्ता

नेपालखबर
असोज १० , काठमाडौँ

मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन्। 

हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। 

उनीहरु सबैजना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए। 

बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको एसपी केदार खनालले बताएका छन्।

मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्। 

प्रहरीका अनुसार बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो। 

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.