ad ad

समाज


दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा, घटस्थापना १० बजेर २३ मिनेटमा

दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा, घटस्थापना १० बजेर २३ मिनेटमा

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १७:५६, काठमाडौँ

यो वर्षको विजया दशमीको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइत टिका लगाउनका लागि उत्तम रहेको समितिले जनाएको छ। 

साथै, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। 

समितिका कार्यकारी निर्देशक सुर्यप्रसाद ढुंगेलका अनुसार घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ। असोज ११ गते झन्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको उनले जानकारी दिए।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ। असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ। यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ।

तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ।

असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ। राति भने कालरात्रि पर्व मनाइन्छ। असोज १८ गते मंगलबार महानवमी पर्व परेको छ। असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ। नेपालीको महान् पर्व बडादसैंको यो मुख्य दिन हो।

यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ। असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ। यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैं पर्व समापन हुन्छ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दसैं मनाउने गरिन्छ।

शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैंमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .