ad ad

राजनीति


ओलीप्रति लक्षित गर्दै नेपालले भने : केही नेताको अहंकारका कारण मुलुक अन्योलतर्फ

संसदको पाँच वर्षे कार्यकाल अत्यन्तै नराम्रो
ओलीप्रति लक्षित गर्दै नेपालले भने : केही नेताको अहंकारका कारण मुलुक अन्योलतर्फ

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १८:५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताएका हुन्।

उनले केही नेताहरुको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए। अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए। 

उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडी नबढ्नुले आफू चिन्तित रहेको पनि बताए। यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रुपान्तरणको आवश्यकता रहेको बताए।

उनले भने, ‘राष्ट्रको विकासको हिसावले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै पुअर। अत्यन्तै नराम्रो भन्न सकिन्छ। राज्य सञ्चालनको तरिकासँग म सहमत छैन। राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्वन गर्नुपर्ने कुरा हो, त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु। दोस्रो, देशको विकासको सन्दर्भमा जुन दूरदृष्टि राखेर समग्र विकासको कामलाई अघि बढाउने कुरा हो त्यो पनि नभएको देख्दा म सन्तुष्ट छैन। यो मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रुपान्तरणको आवश्यकता छ। यो देशलाई यही पाराले, यथास्थितिको हिसावले अनि गफको हिसावले अगाडि बढाएर लान सकिँदैन। अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन। चिन्तन राजनीतिक हुनुपर्यो।’

अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशत भन्दा बढी सिटमा सहमति भइसकेको बताए। उनले ठूला पार्टीहरुले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .